आइतबार, माघ १३, २०८१

पुलबाट बागमती नदीका कार खस्दा दुई जना बेपत्ता

मेरोन्यूज २०७९ माघ २ गते २१:४५

काठमाडौँ । काठमाडौँको चोभारस्थित पुलबाट बागमती नदीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा एकजना महिला घाइते भएकी छन् ।

Advertisement

घाइते महिलाको ललितपुरको बयोधा हस्पिटलमा उपचार भइरहेको छ । कारमा तीनजना रहेको प्रहरीको अनुमान छ ।

बेपत्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया