मन्त्रालय भागवण्डा टुंगियो, मंगलबार दिउँसो १ बजे सपथ
मन्त्रीको शपथपछि अपरान्ह ४ बजे प्रधानमन्त्रीको आह्वानमा काङ्ग्रेससहितको सर्बदलिय बैठक
काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुबीचको बैठकले भागबन्डा टुंगो लगाएको हो ।
मगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले बालुवाटार बैठक पछि संचारकर्मीसग भने, ‘यहाँ भएको सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।´
सहमति अनुसार राप्रपा पनि मंगलबार सरकारमा जानेछ । नागरिक उन्मुक्ति र लोसपा भने अहिले सरकारमा जाने छैन । जसपा पनि सरकारमा जानेछ ।
राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको छ ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ ।
त्यस्तै रास्वपाले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसकेका छन् ।
अब सो पार्टीले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । अरु मन्त्रालय एमाले र माओवादीले भागबन्डा लगाउने गरी सहमति बनेको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेताले बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।
मन्त्रीको शपथपछि अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलको सर्बदलिय बैठक राखिएको छ।
उपप्रधानमन्त्री लामिछानेले सपथ पछि प्रधानमन्त्रीले दिउँसो ४ बजे सर्बदलिय बैठक बोलाएको पनि जानकारी दिए ।
शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया