एमालेमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष ओलीलाई
मेरोन्यूज
२०७९ माघ ३ गते ९:५७
काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने बारेमा अध्यक्ष ओली आफैंले निर्णय लिनेछन् ।
महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ ।
स्रोतका अनुसार एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् ।
एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ ।
शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया