माओवादीबाट तीन मन्त्रीको नाम टुंग्गियो
सञ्चारमा रेखा, पर्यटनमा सुदन र संघीय मामिलामा अमनलाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको भागमा परेको तीन मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले पर्यटनमा सुदन किराँती, सञ्चारमा रेखा शर्मा र संघीय मामिलामा अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा माओवादीलाई प्रधानमन्त्री बाहेक ४ मन्त्री र एक राज्यमन्त्री भागमा परेको थियो । यस अगाडी नै उपप्रधान तथा भौतिक पूर्वाधारमा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मन्त्री भईसकेका छन् ।
अहिले शर्मा, किराँती र मोदी मन्त्री बन्न लागेका हुन् । एक राज्यमन्त्रीमा भने माओवादीले यो समाचार तयार पार्दासम्म टुंगो लगाईसकेको छैन । तर पश्चिमबाट कुनै नेतालाई राज्यमन्त्री बनाउने गरी माओवादीले तयारी गरिरहेको छ ।
जनता समाजवादीलाई दुई मन्त्रालय भागवन्डा लगाएपनि उसले असन्तुष्टि जनाईरहेको छ । जसपाको अहिले पार्टी बैठक बोलाएको छ । जसपा सरकारमा नगए उसका लागि छुटटाइएको दुई मन्त्रालयमा एउटा एमाले र अर्काे माओवादीलाई भागबन्डा लगाउने तयारी छ । जसपा सरकारमा नगए माओवादीले पाउने अर्काे मन्त्रालयमा भने हितवहादुर तामाङ मन्त्री बन्नेछन् ।
प्रतिक्रिया