यी हुन् आज मन्त्री बन्न लागेकाहरुको फाइनल लिष्ट (सूचीसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको २३ दिन पछि आज दोस्रो पटक मन्त्रीमण्डल विस्तार हुन लागेको छ । पुस १० मा प्रधनमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस ११ गते सपथ लिादै तीन उपप्रधानमन्त्री सहित ८ सदस्यीय मनित्रमण्डल सोही दिन निर्माण गरेका थिए ।
४ जना मन्त्रीलाई बिनाविभागिय बनाउँदै उनले २३ सम्म जिम्मेवारी दिएका थिएनन । तर आज थप मन्त्रिमण्डल विस्तार गदै उनले सकेसम्म आजै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि अहिले बिहान सााढे ११ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
सोमबार सत्ता गबठनधन दलका बीचमा मन्त्रालय भागवन्डा टुंगो लागेपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।अहिलेसम्म नेकपा एमालेबाट ४ जना , नेकपा माओवादीबाट ३ जना , रास्वपाबाट ३ जना र राप्रपाबाट २ जनाको नाम टुङ्गो लागेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।
एमालेबाट
१. बिमला राई पौडेल – परराष्ट्रमन्त्री
२. पदम गिरी – स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी
४. हरि उप्रेती
माओवादीबाट
१. रेखा शर्मा – संचार मन्त्रालय
२. सुदन किराँती – पर्यटन
३. अमनलाल मोदी संघीय मामिला
रास्वपाबाट
१.डोलप्रसाद अर्याल – श्रममन्त्री
२.शिखिर खनाल – शिक्षा मन्त्री
३.तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
राप्रपाबाट
१. राजेन्द्र लिङदेन, उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंञ्चाई
२. विक्रम पाण्डे – सहरी विकास
३. ध्रुवबहादुर प्रधान – कानुन
प्रतिक्रिया