एमालेका मन्त्रीमा विष्णु पौडेलबाहेक सबै नयाँ अनुहार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ पठाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् ।
त्यसबाहेक एमालेले यसपटक सबै मन्त्री नयाँ पठाएको छ ।
एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् ।
आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।
मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया