नवनियुक्त रक्षामन्त्री उप्रेतीले गरे पद बहाली, प्रधानसेनापतिले गरे स्वागत
काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वगत अभिवादन गरेका थिए ।
नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए । उनले भने, ‘मन्त्री ज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभई समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ, राष्ट्रको सम्मुन्नति र राष्ट्रियताका पक्षमा अझ बढी योगदान पुग्नेछ ।’
रक्षा मन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छ ।
मन्त्रालयमा चार वटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ ।
प्रतिक्रिया