आइतबार, माघ ६, २०८१

जनमत पार्टीका मन्त्रीसँग अन्तर्वार्ता

खानेपानी मन्त्रालय लिन्नौं, सरकारमा जान्नौं : अब्दुल खान

मेरोन्यूज २०७९ माघ ३ गते १५:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री भएको २३ दिनमा आज मन्त्रिमण्डललाई दोस्रो चरणमा विस्तार गरेका छन् । अझै वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन् । तर सरकारमा २३ दिन सहभागी भएर विना विभागिय मन्त्रीको रुपमा रहेको जनमत पार्टीले भने मन्त्रालय भागवन्डामा असहमति जनाउादै पदभार ग्रहण स्वीकारेको छैन ।

Advertisement

जनमतलाई खानेपानी मन्त्रालय भागवन्डामा परेको छ । खानेपानी मन्त्रीमा जनमतका अब्दुल खान मन्त्री नियुक्त भएका छन् । तर जनमतले उनलाई मन्त्रीको पदभार ग्रहणमा जानबाट रोकेर पार्टीमा छलफल चलाएको छ । उसले आफुहरुसँगको सहमति विपरित प्रधानमन्त्रीले मन्त्रालय वाँडफााड गरेको भन्दै असन्तुष्टि मात्रै जनाएको छैन, उस्तै परे सरकारबाट समेत बाहिरिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षले जनमत पार्टीलाई पहिले उधोग वाणिज्य तथा आपूर्ति मन्त्री दिने समझदारी गरेका थिए । त्यो समझदारीमा नटिकेको जनमतको आरोप छ । जनमतको अहिले पार्टी बैठक चलिरहेको छ । यसै सन्दर्भमा जनमतका नेता समेत रहेका खानेपानीमन्त्री अब्दुल खानसँग मेरोन्यूजले गरेको कुराकानीको सम्पादित अशं :

मन्त्रीको सपथ लिएको २३ दिनपछि आज वल्ल वल्ल मन्त्रालय तोकियो, तैपनि तपाई मन्त्रालयमा पदभार ग्रहण गर्न जानुभएन, असन्तुष्टि जनाउनुस भयो भन्ने आयो, खास कुरा के हो ?

निश्चित रुपमा हो । म मन्त्रालयमा पदभार ग्रहण गर्न गइन् । प्रधानमन्त्रीसाग भएको सहमति अनुसार हामीलाई मन्त्रालय दिइएन । त्यसमा पनि कुनै छलफल भएन । हामीसँगको सहमति सम्झौता विपरित मन्त्रीहरुको कार्यविभाजन आयो । यस्तो अवस्थामा मन्त्रालयको पदभार ग्रहण गर्न सकस हुने भयो । त्यही कारण हामी गएनौं । अर्काेकुरा सरकारले सिंगो मधेसीलाई सरकार बाहिर राख्ने रणनीति अनुसार अगाडी बढ्यो । यसमा पनि हाम्रो असहमति छ ।हामीसँग भएको सहमति पनि कार्यान्वयन नगर्ने र इमान्दारिता पनि नदेखाउने काम भयषे । यो पूरापूरा बेइमानी हो । त्यसकारण म पदभार ग्रहणमा गइन् ।

त्यसो भए के गर्नुहुन्छ अब ?
हामी अहिले पार्टीको बैठक बसिरहेका छौं । बैठकबाट हामी एउटा ठोस निश्कर्षमा पुग्छौं । उपयुक्त वातावरण भएन भने हामी सरकारबाट बाहिर आउँछौं ।

तपाईलाई कार्यविभाजन गर्नु अगाडी प्रधानमन्त्रीले कुनै छलफल नै गर्नुभएन ?
गर्नुभएन । मसँग मात्र होइन, हाम्रो पार्टीका अध्यक्षसँग पनि उहाँले कुनै छलफल गर्नुभएन । हामीलाई उहाँहरुले पूरै मिनिमाइज गर्ने गरी जान खोज्नुभयो । १४ सिट भएको राप्रपालाई उपप्रधानमन्त्री सहित छानी छानी महत्वपूर्ण मनत्रालय दिनुभयो । तर हामी १० सिट भएको पार्टीलाई पुरै वेवास्था गर्ने र एउटा मन्त्रालय दिने काम भयो । त्यो पनि हामीसाग सहमति एउटा मन्त्रालयमा गर्ने र अर्काे मनत्रालय दिने काम भयो । यसकारण हाम्रो यसमा गम्भिर असहमति छ ।

तपाईहरुको १० सिट कसरी ?

हामी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको गरेर १० सिट हो हाम्रो अहिले संसदमा ।

तर नागरिक उन्मुक्ति पार्टीसँग त तपाईहरुको मुद्दामा सहकार्य होला नी, एउटै पार्टीको जसरी उहाँहरुको पार्टीको समेत हिसाव गरेर भागवन्डा खोज्न मिल्ला र ?

भागबन्डा खोजेको होइन । हामी दुई पार्टीले संसदमा गठबन्धन बनाएका छौं । त्यसमा सहमति गरिसकेका छौं । लुम्बिनीमा हामीले नागरिक उन्मुक्तिलाई सघाउने भएका छौं । केन्द्रमा नागरिक उन्मुक्तिले हामीलाई सघाउनेछ । मधेसमा हामी दुवै पार्टी सँगसागै छौं । यस अर्थमा मैले भन्न खोजेको हुँ ।

त्यसो भए तपाईहरु सरकारमा जानुहुन्न ?

यही अवस्थामा सरकारमा जाने विषयमा हामी गम्भिर भएर छलफलमा छौं । अहिले पार्टीको बैठक बसिरहेको छ । यही अवस्था र यही हेमिलेसनको रुपमा हामी सरकारमा जाँदैनौं । सरकार बाहिर नै वस्छौं । यस बारेमा हामी अहिले पार्टी बैठकमा छौं । बेलुकीसम्म ठोस धारणा लिएर आउँछौं ।

प्रतिक्रिया