आइतबार, माघ १३, २०८१

बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसको पनि साथ, प्रतिपक्षीमा नेमकिपा मात्रै

मेरोन्यूज २०७९ माघ ३ गते १६:१२

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका थिए ।

Advertisement

मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत लिएका हुन् । प्रदेशसभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए ।

कूल ११० सदस्यीय प्रदेशसभामा एक जना सांसद अनुपस्थित रहे । जमकट्टेललाई प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको हो ।

प्रदेशसभामा तीन जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विपक्षमा मतदान गरेको थियो ।

प्रतिक्रिया