प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक सुरु
मेरोन्यूज
२०७९ माघ ३ गते १६:४१
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको हो ।
प्रधामन्त्री प्रचण्डले आफूलाई प्रमुख प्रतिपक्षी भनिएको नेपाली कांग्रेसले समेत संसदबाट विश्वासको मत दिएपछि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सभामुखको चयनअघि सर्वदलीय बैठक बस्ने बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया