मधेस प्रदेशको सभामुखमा मण्डल निर्वाचित
मेरोन्यूज
२०७९ माघ ३ गते १७:१९
जनकपुर । मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन् । आज भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत विभाजनबाट सभामुखमा मण्डल चएन भएका हुन् । सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो ।
उनको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १०३ सांसद उपस्थित थिए ।
मत विभाजन सम्पन्न भएपछि जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल विजयी भएको घोषणा गरेका हुन् ।
मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेपछि उनी विजयी भएका हुन ।
मण्डलविरुद्ध नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए ।
सम्बन्धित
प्रतिक्रिया