सर्वदलीय बैठकबाट बाहिरिए केपी शर्मा ओली
मेरोन्यूज
२०७९ माघ ३ गते १८:००
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकबाट केपी शर्मा ओली बाहिरिएका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष ओली बैठकबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सबै दलहरूसँग छलफल गर्न बैठक आह्वान गरेका थिए । बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू उपस्थित रहेका छन् ।
बैठकमा राष्ट्रपति र सभामुखको निर्वाचनबारे छलफल भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया