हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु
मेरोन्यूज
२०७९ माघ ३ गते १८:४१

सुनसरी । हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराह क्षेत्र नगरपालिका ५ सिमरवनका एक वृद्धको ज्यान गएको छ ।
जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र ५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताए ।
बराह क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । एक महिना अघिमात्र सोही क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो ।
सम्बन्धित










प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रतिक्रिया