यसरी जन्मियो गजल ‘के लत बस्यो मलाईं…’

के लत बस्यो मलाई गीत गजल अहिले सार्वजनिक भएको छ । धेरै दर्शक स्रोताले मन पराईरहनु भएको छ । यो देख्दा र हेर्दा आज एकदम शुसी लागिरहेको छ । मेरो निरन्तरको सधान आज एक हदसम्म सफल भएको अनूभूति भईरहेको छ ।
मेरो घर वैतडी जिल्लाको दशरथ चन्द्र नगरपालिका वडा नम्बर ६ कुरालामा पर्छ । उमेरमा म अहिले ४० वर्ष पार गरे । गीत संगीतको क्षेत्रमा लागेको २८/२९ वर्ष पुग्यो । गीत रेकडिङ गरेर स्रोताहरुमाझ आएको म २०५३ सालदेखि हो । ०५३ मा मेरो ‘आशु’ भन्ने आधुनिक गीतको एल्वभ निस्केको थियो । त्यसवेला सुदुरपश्चिमबाट पहिलो रेकडिङ भएको आधुनिक गीत थियो त्यो । त्यसपछि २/४ वर्ष रेडियो नेपाल धाउने, भ्वाइस टेष्ट पास गर्ने, संगीतकार/ गीतकार भेटने गदैंमा मेरो दिनहरु बिते ।
सञ्चारमाध्यहरुमा पनि खोजी खोजी अन्तवार्ता पनि दिन थाले । त्यसले मात्र मेरो क्षमताको विकास नहुने ठानेर मैले त्यो बाटो मोडे । अन्तर्वार्ता दिएर मलाई मान्छेले चिन्नलाई चिन्लान्, तर त्यसले मात्र मेरो आफनो क्षमता बढदैन भन्ने निधोमा त्यसपछि म पुगे । साधाना गर्ने, गुरुहरुले दिएको कुरा सिक्ने तिर लागे भने मात्र म त्यसमा सन्तुष्ट हुनसक्छु भन्ने मलाई लाग्यो । त्यसपछि म साधानातिर नै लागे ।
०००
०६१ सालमा श्रीकृष्ण गुरुुकुल संगित पाठशाला त्यसपछि मैले शुरु गरे । आज यहााबाट पनि धेरै नाम चलेका गायक, संगीतकारहरु जन्मिएका छन् । यही पाठशालाको परिणाम कमल विष्ट, सुशिल गर्ताैला, रिदम कँडेल जस्ता शिष्यहरुको जन्म भएको छ । उहाँहरु लगायत थुप्रै मेरा चेलाचेलीहरु छन् । संगितको क्षेत्रमा जनशक्ति उत्पादन गर्ने र आफ्ना कमीकमजोरी हेर्नेतिर अहिले म लागेको छु । यो वाटोबाट म कति अगाडी जानसक्छु भनेर आफैलाई आत्ममूल्याकन गरिरहेको छु ।
मेरो पहिलो एल्वम ‘आशु’ आएको यो बीचमा गीत रेकर्ड गरिन । कम्पोजिसन हरु त थियो । तर ती डायरीमै सिमित थियो । मेरा सिष्यहरुले ‘युटुयव च्यानल’ बनाउन सुझाव मलाई दिए । २०७६ मा निर्जन किनार भनेर ८ वटा गीत गजल एउटा हिन्दीसहित सवै रिदमले एरेन्ज गरेर रकेर्ड गरायौं । त्यसपछि अहिले आएको ‘के लत लाग्यो मलाई’ यही नै हो ।
०००
डा प्रदीप मैनालीले रचना गर्नुभएको हो यो गजल । शब्द शब्द शसक्त छ उहाँको यो गजलमा । गजलको रचनाकारसँग मेरो चिनजान थिएन । कोरोना लकडाउनका बेला पाठशालामा ‘क्लास’हरु हुँदैनथ्यो । छुट्टी हुन्थ्यो । के गर्ने, घरमा त्यक्तिकै बसिरहनु भन्दा केही अभ्यास गर्नुपरयो भनेरे मैले पूराना कपिमा भएका मेरो कम्पोजिसनहरु थिए । फूर्सदका बेला त्यो खोज्दैं गुनगुनाउन थालेको थिए ।
त्यसमध्ये एउटा विक्रम तिमल्सिना ज्यूको एउटा गजल थियो – ‘अलि–अलि चोट देउ’ भनेर । त्यसको ‘प्राक्टिस’ गरेर हामीले एउटा सानो मोवाइलबाट भिडियो बनायौं । त्यो मेरो फेसबुक पेजमा राखेको थिएँ ।
त्यो प्रदीप सरले सुन्नुभएछ । त्यो सुनेपछि उहाँलाई गजलको गायन मन परेछ । त्यसपछि उहाँले मलाई खोज्न थाल्नुभयो । रवि प्रान्जल हाम्रो वरिष्ठ गजलकार दाजु हुनुहुन्छ । सिनियर दाजु । प्रदीप सरले उहाँलाई त्यो भिडियो देखाएर सोध्नुभएछ – यो मान्छेलाई चिन्नुहुन्छ ?
उहाँले मलाई चिन्नुहुँदो रहेछ । ‘किन नचिन्नु, उहाँ संगितकै मान्छे हुुनुहुन्छ, उहाँको पाठशाला पनि छ । उहाँलाई म चिन्छु भन्नुभएछ ।’
त्यसो भए जाऊ उहाँलाई भेटन भनेर प्रदीप सरले भन्नुभएछ ।
त्यसपछि हाम्रो भेट भएको हो ।
०००
प्रदीप सरसँग भेट भएपछि हाम्रा नियमित भेटघाटहरु हुन थाले । एउटा गजल गायनको ‘मुसायरा’ कार्यक्रम गर्ने भन्ने कुरा भयो मोति जयन्तीको उपलक्ष्यमा । हामीले नाँचघरमा मेरै संगित÷निर्देशनमा ८ वटा गजलहरु गाउने कार्यक्रम नाँचघरमा हामीले गरयौं । त्यसमा प्रदीप सरको यो गजल मैले कम्पोज गरेको थिएँ । त्यो बेला पनि मञ्चमा प्रदीप सरले यो गजल मलाई गााउन भन्नुभएको थियो ।
मैले अव यो गाउन मलाई नभन्नु । कम्पोज चँही मैले गरे । त्यसका लागि मेरो शिष्यहरु छन् । कमल विष्टले गाँउछ कमललाई म सिकाउँछु भने । उत्तिखेर रिदम भ्याली बाहिर थियो । शुसिल सम्र्पक वाहिर थियो । कमल फेला परयो । मैले प्रदीप सरलाई भने – ल कमल विष्टले राम्रो गाँउछ ।
त्यसपछि कमललाई सिकाएर नाँचघरमा भएको कार्यक्रममा लगेको थिए । त्यहाँ कमल विष्टले यो अहिले मेरो आवाजमा आएको गजल गाएको थियो । उसले असाध्यै राम्रो गाएको थियो । यो गजल पहिला गाउने कमल विष्ट हुन् ।
कार्यक्रममा देशभरका गजलकारहरु उपस्थित हुनुहुन्न्थ्यो । कमलले राम्रो प्रस्तुती गरयो । प्रदीप सरलाई त्यसबाट पनि उर्जा आएछ । गजलको सवैले राम्रो प्रतिक्रिया दिएका थिए त्यसवेला । मैले कम्पोज गरेको मात्र हो त्यसवेला । रेकर्ड गर्ने योजना मेरो थिएन ।
त्यो कार्यक्रममा गजलले राम्रो प्रतिक्रिया पाएपछि प्रदीप सरलाई के लाग्यो भने यो गजल रेकर्डमा लैजानुपर्छ । फेरि एकदिन त्यो कार्यक्रम सकाएपछि प्रदीप सर आउनुभयो, मलाई भेटनुभयो र भन्नुभयो – ल यो रकेडिङ गर्नुपरयो ।
गर्नुस्, त्यसो भए, कमलले गाँउछ ।
उहाँले होइन सर यो गजल कमलले होइन, तपाईकै आवाजमा रेकर्ड गरौं भन्नुभयो । कमलको पनि धेरै राम्रो छ, तर यो गजल तपाई गाँउनुस्, कमललाई अर्काे–अर्काे दिउँला भन्नुभयो ।
मैले होइन, मेरो भन्दा पनि राम्रो कमलले गाँउछ भने ।
तर उहाँले मान्नुभएन ।
त्यसपछाडी मैले नै रेकर्ड गराएँ ।
मेरो आवाजमै रेकर्ड गर्नुपरयो । रिदम कँडेल मेरो घरकै मान्छे, एरेन्जर हामी काहाँ नै भएकोले एरेन्जमा लाग्यौं । रिदमले यसलाई धेरै मेहनत गरयो । यसमा बाजा बजाउने देखि मिकसिङ गर्ने महेश्वरमान राजभण्डारी दाई सवैले धेरै मेहनत गरिदिनुभयो । हामी चेला गुरुको मेहनत त छदैछ ।
यसमा आवद्द कलाकारहरु जो पर्दा पछाडी हुनुहुन्छ बाजा बजाउनु भएको छ । फूलुटमा नगेन्द्र विक्रम राई जीले राम्रो मुडमा बजाईदिनुभयो । तबलामा जगन्नाथ भाईले राम्रो बजाईदिनुभयो । सारङगीमा धर्म गन्र्धव जीले हामीलाई साथ दिनुभयो । सवैको प्रयासले यो गीत यति राम्रोसँग आयो ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया