यसकारण प्रियंकाले रोजिन् सरोगेसी

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका अमेरिकी गायक तथा अभिनेता पति निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन् । यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन् । अहिले आएर प्रियंकाले सरोगेसीलाई नै छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन् ।
प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन् । तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन् । ‘मलाई मेडिकल कम्प्लकेसन भएको थियो । त्यसकारण हामीले यो कदम उठाँयाै । म यो कुराबाट खुशी छु कि मैले यो गर्न सकें । हाम्रो सरोगेट यती दयालु, ठूली र रमाइलो थिइन् । उनले हाम्रो यो विशेष उपहारलाई ६ महिनासम्म ध्यान दिइरहिन्’, प्रियंकाले भनेकी छन् ।
छोरी मालतीको जन्मको घोषणा गर्नासाथ प्रियंका ट्रोल बनेकी थिइन् । कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रियंकाले सरोगेसीको सहयोगले बच्चा जन्माइन् भन्ने कुरा पत्याउने विषय थिएन । यस्तो अवस्थामा कैयौं कुरा पनि भए र कैयौं सिद्धान्त पनि बाहिर आए । प्रियंका र निक आफ्नो व्यस्त समय तालिकाका कारण गर्भवती हुन नपाएकोसम्म हल्ला फिजियो ।
प्रियंका र निककी छोरी मालती प्री–मेच्युर जन्मिएकी थिइन् । मालती जन्मको समयभन्दा पूरा एक ट्राइमेस्टर पहिला जन्मिएकी थिइन् । यस्तो बेला प्रियंका र निकलाई उनी जीवित हुन्छिन् या हुन्नन् भन्नेसम्म थाहा थिएन । मालतीको जन्मको तीन महिनासम्म प्रियंका र निक क्यालिफोर्नियाको रेडी चिल्ड्रेन अस्पतालको चक्कर लगाए । यो अस्पतालको आइसीयूमा मालती भर्ना भएकी थिइन् । त्यसपछि उनले लसएन्जल्सको सिडर्स–सिनाई अस्पतालमा राखिएको थियो ।
-एजेन्सी















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया