सडक डिभिजन जुम्लामा कर्मचारी अभाव
काठमाडौँ । जुम्लास्थित सडक डिभिजन कार्यालयमा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न सकस भएको छ ।
साविकको माथिल्लो कर्णालीका कालिकोट, मुगु र जुम्ला गरी तीन जिल्लालाई हेर्ने सो डिभिजन कार्यालयमा प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म कठिन हुने गरेको डिभिजन प्रमुख राजीव श्रेष्ठले बताए ।
उनका अनुसार कार्यालयमा १२ जना सव–इञ्जिनियरको दरबन्दी भए पनि तीन जना मात्र कार्यरत छन् । नौ जना सव–इञ्जिनियरको दरबन्दी पनि रिक्त छ ।
पाँच जना इञ्जिनियरको दरबन्दीमध्ये कार्यालयमा दुई जना मात्रै रहेको उनले जानकारी दिए । भौगोलिक विकटताका कारण कर्णालीमा इञ्जिनियर र सव–इञ्जिनियर आउन नमान्ने गरेको उनको भनाइ छ ।
पटक पटक दरबन्दी अनुसारको जनशक्ति पठाउन माग गरे पनि जनशक्ति नआएको उनको भनाइ छ । जनशक्ति अभावले काम गर्ने निकै सकस हुने गरेको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।
अहिले कार्यालयले चार वटा कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ–मुस्ताङ जोड्ने सडकदेखि जुम्ला–डोल्पा सडकमा काम गरिरहेको छ ।
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया