प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : भारत कि चीन ?
प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि खोलिएको चीनसँग जोडिएको केरुङ नाका फेरि बन्द

काठमाडौँ । आम निर्वाचनपछि नयाँ सरकार बनेको माघ १० गते एक महिना पुग्ने छ । एक महिनामा सरकार विस्तार, सभामुख निर्वाचन र न्यूनतम साझा कार्यक्रम तयार भए । जनताले अनुभूत गर्ने गरी नयाँ कार्य योजना अहिलेसम्म देखिएका छैनन् ।
नयाँ सरकार बनेपछि छिमेकी मित्र राष्ट्रले बधाई दिने र भ्रमणको निम्तो दिने पुरानै परम्परा रहेको छ । परराष्ट्र मन्त्रालयले पनि मन्त्री पाएलगत्तै भारत र पाकिस्तानले बधाई दिइसकेका छन् ।
परराष्ट्रमन्त्रीमा विमला पौडेलको नियुक्ति भएपछि कुटनीतिक नियोगहरुले बधाई दिने र आफ्नो देशको बारेमा जानकारी दिने कार्यक्रहरू शुरु भएका छन् । त्यतिमात्र होइन विभिन्न देशका राजदूतहरूले सरकारमा सहभागी दलका प्रमुख नेताहरू र मन्त्रीलाई भेटघाट गर्ने क्रम सुरु भएको छ ।
परराष्ट्रमन्त्री नियुक्ति भएसँगै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण दक्षिणी छिमेकी भारत कि उत्तरी छिमेकी चीनबाट भन्ने प्रश्न सधैँ उठ्ने गरेको छ । प्रायः प्रधानमन्त्रीले भारतबाट पहिलो विदेश भ्रमण गर्दै आएको परम्परा छ ।
भारतले नेपालका प्रधानमन्त्रीले भारतबाटै पहिलो भ्रमण होस भन्ने चाहन्छ । यसलाई भारतले आफ्नो प्रतिष्ठाको विषय बनाउने गर्छ । त्यसैले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट होला भन्ने प्रश्न उठेको छ ।
प्रचण्डका सचिवालयले भारतबाटै विदेश भ्रमण गराउने तयारी गरेको स्रोतको दाबी छ । प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा तोड्नु होला या निरन्तरता दिनुहोला भन्ने प्रश्नको जवाफ भने कतैबाट आएको छैन । यो विषयमा राजनीतिक तथा कूटनीतिक वृत्तमा बहस सुरु भए पनि भारतले यतिबेलासम्म मौन बसेको छ ।
औपचारिक रुपमा बधाई दिने र राजदूतले भेटघाट गर्नेबाहेक अन्य कुनै प्रतिक्रिया दिएको छैन । ०६५ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले पहिले चीन भ्रमण रोजेकाले भारत यतिबेला मौन रहेको छ ।
भारतमा बसेर जनयुद्ध गरेको भए पनि पहिलोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमण गरेर प्रचण्डले भारतलाई कुटनीतिक रुपमा चुनौती दिएका थिए । ०६५ पछि प्रधानमन्त्री बनेका झलनाथ खनालबाहेक सबै प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै गर्दै आएका थिए ।
नेपालमा आफ्नो प्रभाव बलियो देखाउन भारत नेपालका प्रधानमन्त्रीलाई पहिलो भ्रमण गराएर छुट्टै भूराजनीतिक सन्देश दिन चाहन्छ ।
आश्चर्यजनक रूपमा एमाले–माओवादीसहितको सत्तागठबन्धन बनेपछि दिल्लीले चीनको सहयोगमा एमाले र माओवादी गठबन्धन भएको बताउँदै आएको छ । गठबन्धनमा चीन, भारत वा अमेरिकाको भूमिका वा संलग्नताको स्पष्ट तस्बिर छैन । तर, दिल्लीले त्यसका शंकाको लाभ लिइरहेको छ ।
नेपालमा नयाँ सरकार गठनपछि भारतसँग राजनीतिक तहमा संवाद र भेटवार्ता भविष्यमा हुनेछ । दिल्लीको मुड बुझ्दा लाग्छ, सीमावार्ता, इपिजी प्रतिवेदन, पञ्चेश्वर परियोजना सुल्झिन बाँकी रहेका मुद्दामा नेपालमा आशा गरे जसरी प्रगति हुने संकेत छैन ।
भारतको चस्माबाट हेर्दा आर्थिक मुद्दामा सम्बन्ध सञ्चालन केन्द्रित हुने छ । सीमालगायत नसुल्झिएका विषयमा परिणाम ननिस्कने वार्ता गर्नुको अर्थ छैन । कालापानी लिम्पियाधुरा सीमावार्ता हुँदैन भन्ने छ । तर, नेपालले संविधान संशोधनमार्फत नक्सालाई आधिकारिकता दिइसकेको छ ।
भारतसँग वार्ता र संवादबाट आउने निचोडलाई मान्ने सुनिश्चित नेपालले नगरेसम्म भारत तयार हुँदैन । नेपालले वार्ताको परिणाम मान्ने सुनिश्चितता त्यसबेला मात्रै हुन्छ । जब, नेपालले संविधान संशोधन गरेर चुच्चे नक्सा पूर्वको नक्सा जारी गर्छ । यस्तो अवस्थामा प्रचण्डले गर्ने भारत भ्रमणले खास निचोड दिने अवस्था हुन्छ कि हुँदैन ? यो प्रश्नको जवाफ नेपाल र भारतसँगै छैन ।
यदि, प्रचण्डले भारत भ्रमण गरेको खण्डमा रक्सौलदेखि काठमाडौं जोड्ने रेलमार्ग जति छिटो तयार हुन्छ । त्यसले नेपाल–भारतबीच जनस्तरको सम्बन्ध थप जोडिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान दिनेछ भन्ने बारेमा छलफल गर्नु पर्ने छ ।
भारतका विभिन्न सहर जोडिने गरी पूर्व–पश्चिम रेलमार्ग निर्माण र सञ्चालनमा भारतको सहयोगले दुई देशको आर्थिक सहकार्य वृद्धि हुन्छ । आपसी समझदारी पनि बढ्दै जाने, सीमापार कनेक्टिभिटी र व्यापार, नेपालमा लगानीका लागि दुई देशको विश्वासपूर्ण सहकार्य दुवै मुलुकका जनताको हितमा रहेको बुझाउन जरुरी छ ।
यसर्थ, चीनभन्दा भारत पहिलो प्राथमितकतामा रहन सक्छ । उता, प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि खोलिएको चीनसँग जोडिएको केरुङ नाका फेरि बन्द भएको छ ।
चीनले दिने यस प्रकारका मौसमी दुःखबाट नेपालले मुक्ति पाउनु पर्ने अवस्था छ । यस कारण अहिलेको सरकारले दुवै देशलाई प्राथकिमतामा राखेर भ्रमण गर्नु पर्ने अवस्था छ ।










बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया