नोरा फतेहीले मोरक्कोमा घर किन्न आफुबाट ठूलो रकम लिएको सुकेशको आरोप

२१० करोडको मनी लान्ड्रिङ मुद्दामा तिहाड जेलमा रहेका कन्म्यान सुकेश चन्द्रशेखरले मिडियालाई दिएको बयानमा नोरा फतेहीमाथि गम्भीर आरोप लगाएका छन् । सुकेशले नोरालाई मोरक्कोमा घर बनाउन पैसा दिएको बताएका छन् ।
भर्खरै नोराले सुकेशलाई प्रेमिका बन्ने सर्तमा कन्म्यानले ठूलो घर र विलासी जीवनशैली दिने वाचा गरेको आरोप लगाएकी थिइन् ।
सुकेशले सञ्चारमाध्यमलाई दिएको बयानमा भनेका छन्, ‘आज उनले मैले घर दिने वाचा गरेको भन्दै आरोप लगाएकी छिन् । तर उनले मोरक्कोको कासाब्लान्कामा आफ्नो परिवारको लागि घर किन्न म बाट ठूलो रकम लिएकी थिइन्। यी सबै नयाँ झुटा बयान् उनले ९ महिना अघि ईडीको बयान पछि कानूनबाट बच्नको लागि बनाएकी हुन्।’
सुकेशले भने, ‘नोराले आफूले कार लिन नचाहेकाे र आफ्ना लागि नलिएको दाबी गरेकी छन्। यो ठुलो झूट हो किनकी उनी कारकाे लागि मेरो पछि लागेकी थिइन् । उनलाइ ‘CLA’ निकै सस्तो कार लाग्थ्याे, त्यसैले मैले उनलाई मनपर्ने कार किनिदिएकाे थिए।
सुकेशले थप भने, ‘ईडीसँग पनि सबै च्याट र स्क्रिनसटहरू छन्, त्यसैले यी कुरामा कुनै झूट छैन। वास्तवमा म उसलाई रेन्ज रोभर दिन चाहन्थें, तर कार स्टकमा उपलब्ध नभएकोले र उनलाई तुरुन्तै कार चाहिएको हुनाले मैले उनलाई बीएमडब्ल्यू एस सिरिज किनिदिएँ जुन उनले लामो समयसम्म प्रयोग गरिन् । उनी भारत बाहिरकी हुन्, त्यसैले उनले मलाई अाफ्नाे सबैभन्दा मिल्ने साथीको श्रीमान् बबीको नाममा दर्ता गर्न भनिन्। म र नोराबीच कहिल्यै व्यावसायिक लेनदेन भएको छैन, जसरी उनले दाबी गरिरहेकी छिन्।’
सुकेशले आफू ज्याकलिन फर्नान्डिजसँग गहिरो प्रेम सम्बन्धमा रहेको बताए । उनले नोराले ज्याकलिनसँग ईर्ष्या गर्ने गरेको पनि दाबी गरे । नोराले केही समयअघि ज्याकलिनविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया