हलिउड फिल्म ‘अवतार २’ ले कमायाे दुई बिलियन डलर

हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।
निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशक बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।
१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।
उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन डलर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् । उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठूलो हो ।
गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।
















अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया