हलिउड फिल्म ‘अवतार २’ ले कमायाे दुई बिलियन डलर

हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।
निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशक बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।
१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।
उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन डलर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् । उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठूलो हो ।
गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया