उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं। नेसनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने निर्णय गरेको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक प्रभात रिसालले बताएका छन् ।
प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्यासंस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता छ ।
स्कुलका सञ्चालक तथा प्रिन्सिपल माधव प्रसाद बरालले विद्यार्थीलाई पढाउनेमात्रै नभएर खेलकुद क्षेत्रमा सहभागी गराउन प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामी हरेक वर्ष खेलकुद क्षेत्रमा रहँदै आएका छौं । धेरै गर्न पाएका छैनौं । तर, केहि न केहिमा हामी संलग्न हुँदै आएका छौं । खेलाडीलाई पढाइमा मात्रै हैन खेलकुदमा पनि सक्रिय गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया