शुक्रबार, चैत २७, २०८२

अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

मेरोन्यूज २०७९ माघ ११ गते २१:३७

काठमाडौं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको सात विधामा १४ पुरस्कार वितरण गरिनेछ ।

यसपटक निफका प्रतिस्पर्धी चलचित्र छायाँ सेन्टर, सिभिल मल, लविम मललगायत सिनेमा हलमा प्रदर्शन गरिनेछ । यस क्षेत्रका अनुभवी चलचित्रकर्मी र कलाकारको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रियासमेत महोत्सवमा सञ्चालन गरिनेछ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न अवसर मिल्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया