आप्रवासनलाई व्यवस्थित गर्नुपर्नेमा युरोपियन मन्त्रीहरुको जोड

युरोपियन युनियनआबद्ध मन्त्रीहरुले नागरिकहरुको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । स्टकहोममा भएको युरोपियन युनियनका गृह तथा न्याय मन्त्रीहरुको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ ।
उनीहरुले विभिन्न समस्याका कारण अन्य देशहरुबाट युरोपियन युनियनका देशमा आप्रवासीहरु छिर्ने गरेका र उनीहरु निकै असुरक्षित रुपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरु युरोप छिर्ने र यी देशहरुमा शरण माग्ने गरेका र उनीहरुलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरुले बताएका छन् । यसका लागि युरोपका देशहरु तयार भएपनि उनीहरुलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरुको निष्कर्ष थियो ।
सो बैठकमा ती नागरिकहरुमध्ये धेरैजसो शरणार्थीका रुपमा युरोपेली देशहरुमा प्रवेश गर्ने गरेकाले उनीहरुका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो ।
पछिल्ला वर्षहरु तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रुपमा युरोप छिर्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया