शनिबार, वैशाख २६, २०८३

अदालत परिसरबाहिर लामिछानेका कार्यकर्ताको नाराबाजी, केही पक्राउ

मेरोन्यूज २०७९ माघ १३ गते १८:४१

काठमाडौं । सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्। सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन्।

Advertisement
NiccNicc

उनीहरूले ‘रवि दाइ- हाई, हाई, रवि दाइ- जिन्दावाद’ लगायत नारा लगाएका थिए। नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए।

प्रतिक्रिया