पठानले तीन दिनमा कमायाे ३ सय करोड, सुल्तान र बाहुबली-२काे रेकर्ड ताेड्याे

काठमाडौं । शाहरूख खानकाे फिल्म पठान रिलिज भएकाे तीन दिन पुरा भइसकेकाे छ । बुधवारबाट विश्र्वभर रिलिज भएकाे याे फिल्मकाे तेस्रो दिन सङ्कलनमा केही कमी आएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मले तेस्रो दिन ३५–३६ करोड भारू कमाएको छ । फिल्मको तीन दिनको कुल कमाई हेर्ने हो भने अहिलेसम्म भारतमा १६५ करोड भारूको व्यापार गरिसकेको छ ।
विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने पठानले तीन दिनमा ३०० करोड भारूको आँकडा नजिक पुगेको छ ।
घरेलु बक्स अफिसमा सुल्तान र बाहुबली २ को रेकर्ड तोडेसँगै फिल्मले ग्लोबल बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिपोर्टका अनुसार फिल्मले तेस्रो दिन ८० देखि १०० करोड भारूको व्यापार गरेको छ ।
प्रारम्भिक तथ्यांक हेर्दा फिल्मले शनिबार र आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने मौका छ । यदि फिल्मले त्यसो गर्न सफल भएमा फिल्मले ओपनिङ सातामै कमाईको नयाँ रेकर्ड बनाउन सक्छ ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया