मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्दै
मेरोन्यूज
२०७९ माघ १४ गते १७:११

काठमाडाैं । अभिनेत्री मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतिदेवी’ बन्ने भएको छ। फिल्मले चलचित्र विकास बोर्डबाट इजाजत पनि लिइसकेको छ।
लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखनमा बन्ने फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटालगायत कलाकारको अभिनय रहनेछ। फिल्मका अन्य कलाकारहरुको भने तय हुन सकेको छैन।
फिल्ममा एक ग्रामीण युवतीको संघर्षको कथा देखाइने छ।
दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा फिल्म निर्माण हुने छ।
फिल्मको छायाङ्कन फागुन महिनादेखि सुरु गरिने बताइएको छ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया