हीरा लामाको दलदल सार्वजनिक

काठमाडौं । लेखक हीरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ । नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।
कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए ।
‘चितवनका स्रस्टाले लेखेको यो पहिलो उपन्यास हो, जसमा चितवनलाई, चितवन प्रसिद्ध भूगोललाई लेखकले सकेसम्म उपन्यासको कथामा समेट्नुभएको छ’, अविरलले भने, ‘भरतपुर कारागारमा कैदीलाई मारिएको घटना यहाँको महत्त्वपूर्ण घटना हो, उपन्यासमा यो घटनालाई प्राथमिकता का साथ प्रस्तुत गरिएको छ ।’
दलदलमा चितवनको अँध्यारो उज्यालो सबै कुरा छ, दलदल युवा आख्यानकारको तन्नेरी कथा भएको पनि अविरलले बताए ।
पुस्तकका बारेमा बोल्दै धनराज गिरीले लेखक लामाले उपन्यासमा बुबाको भूमिकालाई महत्त्वका साथ उतारेको बताए । अर्का टिप्पणीकार निर्दोष जीवनले दलदल पारिवारिक सामाजिक कथाबस्तुको उपन्यास भएको बताए ।
लेखक हिरा लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए । ‘दलदलमा कुनै रिफ्रेन्स राखिएको छैन, यो पुस्तक पढ्नलाई अरू किताबको खाँचो पनि पर्दैन, पारिवारिक कथामा यो उपन्यासलाई सजाउने कोसिस गरेको छु’, लेखक लामाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलका कथाहरू पनि उपन्यासमा बुनिएको भूपिनले बताए । दलदल समग्र समाजको प्रतिबिम्ब बनेर आएको पनि उनले बताए ।
दलदल लेखक लामाको पहिलो पुस्तक हो । पेशाले शिक्षक रहेका लेखक लामा समसामयिक लेखनमा रुचि राख्छन् । इन्डिगो इन्क काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९ रुपैयाँ रहेको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया