नेपाली वेब सिरिज जुनेलीको प्रिमियर

काठमाडाैं । नेपाली वेब सिरिज जुनेलीको प्रिमियर शो भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो ।
प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु) ले सिरिज एकदमै राम्रो र चेतनामुलक रहेको बताएका छन् । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए । त्यस्तै अर्का कलाकार कैलाश कार्कीले सिरिज अत्यन्तै राम्रो रहेको बताएका छन् । उनले आवाजमा केही समस्या रहेको तर आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो हुने बताए ।
कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाे भएकाले राम्रो रहेको बताए । त्यस्तै कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले आगामि एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताए ।
कलाकार रवि गिरीले सामाजिक विषयवस्तु उठाइएकाले सिरिज राम्रो बनेको बताएका छन् । उनले जुनेली कथाको शुरुवात भएको र वास्तविक कथा शुरु हुन थालेको बताए । त्यस्तै कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने बतायन् । उनले आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताइन् । उनले अत्ति भो र मेरीबास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको बताइन् ।
– सुलेमान शंकर (इकु), कलाकार
– कैलाश कार्की, कलाकार
– सुन्दर खनाल, कलाकार
– पवन भट्टराई,, कलाकार
– रवि गिरी, कलाकार
– पवित्रा साँकी, कलाकार
प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै रहेकाे र यसपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया