रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

काठमाडाैं । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रश्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।
आउँदो वैशाखदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने पाँचौं हिमालय रोडिजको नयाँ सिजनका लागि आज (सोमवार) बाट नै शोको डिजिटल अडिशन खुला गरिएको छ । कार्यक्रममा बोल्दै प्रश्तोता ठकुरीले आफूले फ्रेन्चाइज शोमा पनि काम गर्ने चाहना राखेपनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुशी व्यक्त गरे । उनले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रश्तुत गर्ने बताउका छन् । उनले रोडिजले हरेक वर्ष एउटा नयाँ प्रतिभालाई जन्माउने भएकाले यो क्याम्पियनमा सहभागी बन्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै हिमालय रोडिज कार्यक्रमका निर्देशक सिमोस सुनुवारले चौथो सिजन आफ्नो लागि धेरै चुनौतिपूर्ण रहेपनि त्यसमा आफू सफल भएको बताए । उनले रोडिज यो सिजन झनै एक्स्ट्रिम हुनेमा आशावादी रहेको बताए ।
कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गर्नेछन् । सुनुवारले रोडिजलाई देशलाई सुहाउने किसिमले मात्रै प्रश्तुत गरिने प्रतिवद्धता जनाए । निर्देशक सुनुवारले रोडिजलाई टेलिभिजनबाट प्रश्तुत गर्न मिल्नेसम्मको अंशहरु प्रश्तुत हुने बताए।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया