लक्की फिल्मी अवार्ड आयोजना हुँदै

काठमाडौं। लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।
यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ ।
अवार्ड प्रचारका लागि छिटै टिसर्ट, फ्लेक्स ब्यानर, अवार्डको अडियो जिंगल पनि छिटै सार्वजनिक गर्ने तयारी रहेको महाप्रबन्धक कार्कीले बताए । उनका अनुसार फिल्मी अवार्ड प्रचारका लागि मोफसुल टुर पनि केही दिनमा सुरु गरिने उनले बताए । नेपालका मुख्य शहरमा फिल्मी अवार्ड बारे जानकारी गराउँदै जाने योजना रहेको बताए ।
लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगीतिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । मिडिया हाउस अन्तर्गत चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम समेत सञ्चालनमा छन् ।










राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
प्रतिक्रिया