सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह गर्दै, शाहरुख खानका पूर्व अंगरक्षकलाई सुरक्षाको जिम्मा

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी आजकल आफ्नो सम्बन्धका कारण चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार दुवैले फेब्रुअरी ६ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गर्दैछन् । प्यालेसले यही फेब्रुअरी ४ देखि फेब्रुअरी ६ बीचमा यो भव्य विवाह हुने पक्का गरेको छ ।
मिडिया रिपोर्टका अनुसार यस प्यालेसमा विवाह गर्नको लागि दैनिक भाडा १ देखि २ करोड रुपैयाँसम्म पर्छ । यससँगै पाहुनालाई बोक्न मर्सिडिज बेन्ज, जगुआर, बीएमडब्लुलगायत करिब ७० कारको व्यवस्था गरिएको छ । जैसलमेरमा विवाहपछि मुम्बईमा दुवैको भव्य विवाह समारोह हुनेछ ।
रिपोर्टका अनुसार सिद्धार्थ र कियाराको विवाहको सुरक्षा शाहरुख खानका पूर्व अंगरक्षक यासिन युगललाई दिइएको छ । भनिएको छ फेब्रुअरी ४ मा मुम्बईबाट जैसलमेरका लागि अंगरक्षक र सुरक्षा गार्डहरूको टोली प्रस्थान गर्नेछ।
विवाहमा अमिताभ बच्चनदेखि शाहरुख खान, करण जोहर, वरुण धवन, शाहिद कपूर-मीरा राजपूत र इशा अम्बानीलगायत धेरै सेलिब्रेटीलाई निम्तो दिइएको छ । जसका कारण विवाहअघि नै सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया