२९ वर्षपछि आमिर र सलमानको जुगलबन्दी

मुम्बई । करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।
आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।
आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।
आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्र्त हुनेमा आमिर ढुक्क छन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया