सेलिब्रेटीहरू किन लगाउँछन् अपमानजनक पोशाक ?

सेलिब्रेटीका रुपमा पहिरन के लगाउने भनेर छनोट गर्नु ठूलो निर्णय हुनसक्छ । तपाईंसँग पोशाकको छनोटशैली, आकर्षक र स्मरणीय छ भनेर सुनिश्चित गर्न टिम हुनसक्छ । तर, कहिलेकाहीँ सेलिब्रेटीले गलत पोशाक लगाएकै कारण उनीहरुलाई मानिसहरुले सधैं सम्झिरहन्छन् । यसको पछिल्लो उदाहरण स्वीडिस गायिका जारा लार्सन बनेकी छन् ।
जाराले नर्वेजियन मेटल एक्ट बर्जमको एलबम कला प्रस्तुत गर्ने पहिरन लगाएपछि उनी समाचारको शीर्षक बनिन् । दुर्भाग्य, जाराले सहभागिता जनाइरहेको प्रोजेक्टको नेतृत्व नर्वेजियन संगीतकार क्रिस्टियन भार्ग भिकरनेसले गरिरहेका थिए । भिकरनेस नव–नाजीको विचार राख्न परिचित छन् । उनलाई एन्टी सिमिटिक र जिनोफोबिक पनि भनिन्छ । भिकरनेस प्रतिष्पर्धी ब्ल्याक मेटल व्याडका गितारिष्टको हत्या र नर्वेका चर्चमा आगजनी गरेको आरोपमा जेल जीवन बिताइसकेका व्यक्ति हुन् ।
हालैको एक अवार्ड शोमा उपस्थित जाराले सोही पहिरनमा टिकटकमा उपस्थिति जनाएपछि उनको विरोध भएको थियो । ‘मलाई यो लिंकको बारेमा केही थाहा थिएन र मेरो अनुहार राम्रो देखिन्छ भनेर त्यो डिजाइन मैले छनोट गरेकी हुँ’, २५ वर्षीया जाराले भनेकी छन्, ‘यो दुर्भाग्यपूर्ण थियो ।’ उनले बेल्जियम डिजाइनर राफ सिमोन्सले पहिरन डिजाइन गरेकाले आफूले केही थाहा नपाएको जनाएकी छन् ।
जारा एक उदाहरणमात्र हुन् । यसअघि धेरै सेलिब्रेटी अपमानजनक पहिरनका कारण आलोचनाको शिकार भएका छन् ।
सन् २०२२ को अगष्टमा टिकटकर एडिसन रायले प्रेयिङ ब्राण्डको होली ट्रिनिटी बिकिनीमा पोज दिएकी थिइन् । सेतो टु–पीसमा एउटा फर्ममा ‘पिता’, अर्कोमा ‘छोरा’ र तलको अगाडिको भागमा ‘पवित्र आत्मा’ लेखिएको थियो ।
केही क्रिस्टियनले उनको पहिरनमा आक्रोश पोख्दै उनीमाथि इश्वरको निन्दा र धर्मको अनादर गरेको आरोप लगाएका थिए । विरोधपछि एडिसनले इन्स्टाग्रामबाट तस्वीर हटाएकी थिइन् ।
सन् २०१४ मा ख्लो कार्दाशियनले भान्जीको जन्मदिनमा एक मूल अमेरिकी हेडड्रेस शैलीको युद्ध बोनोट लगाएकी थिइन् । उनको तस्बिर सार्वजनिक भएपछि आदिवासी समूहले आफ्नो पवित्र वस्तुलाई फेसनका रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए । ख्लोले पुनः एक निकाब लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि आलोचना खेप्नुपर्याे ।
त्यस्तै गायिका सेलेना गोमेजले एमटीभी मुभी अवार्डमा टिका लगाएपछि आलोचित भइन् । अधिकांशले निधारमा टिका लगाउनु हिन्दु धर्ममा धार्मिक परम्परा भए पनि यो फेसनको रुपमा होइन भन्दै विरोध गरेका थिए ।
तर, सेलेनाले आफ्नो गीत ‘कम एण्ड गेट इट’ ले हिन्दु भावना रहेको बताएकी थिइन् । उनले आफूले संस्कृतिको बारेमा धेरै कुरा सिकेको र त्यो सुन्दर रहेकाले त्यसलाई कार्यक्रममा देखाउन पाउनु आफ्ना लागि अवसर भएको दाबी गरेकी थिइन् । सन् २०१३ मै केटी पेरीले ‘अमेरिकी म्युजिक अवार्ड’मा निशर्त जापानी पहिरन गेशा लगाएपछि आलोचनाको शिकार भएकी थिइन् ।
सेलिब्रेटी स्टाइलिस्ट एलेक्स लङमोरका अनुसार सेलिब्रेटी लुक्स बनाउन निकै लामो प्रक्रिया लाग्छ । ‘भिन्न सेलिब्रेटीका भिन्न लुक्स छन् । त्यसकारण संगीतकार वा व्याण्डमा रहेका कोहीको व्यक्तित्व एकदमै ठूलो हुन्छ’, एलेक्स भन्छिन् । उनको अनुभवमा विशेषत ‘ए’ वर्गका स्टारहरुलाई सही बनाउन धेरै दबाब झेल्नुपर्दछ ।
‘उनीहरु विशिष्टता सिर्जना गर्न चाहन्छन् । उनीहरु अत्याधुनिक हुन चाहन्छन् । उनीहरु कथा सुनाउन चाहन्छन्, र समाचारको शीर्षक लिन चाहन्छन्’, उनी भन्छिन्, ‘पप स्टारसँग काम गर्नु भनेको ठूलो उत्पादन हो । यसमा धेरै तयारी गर्नुपर्छ । किनकी तिनीहरुले लगाएको पहिरन अरु कसैले लगाएको देख्न सक्दैनन् ।’एलेक्सको अनुभवमा सेलिब्रेटीले लगाउने अपमानजनक पहिरनको वास्तविक चेकजाँच पनि हुँदैन ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया