विद्यार्थीलाई खेलकुदमा पनि अब्बल बनाउँदै सर्लाहीको बागमति नगरपालिका

सर्लाही। सर्लाहीको बागमती नगरपालिकाले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह सम्पन्न गरेको छ। नगरपालिकाको वडा नम्बर १० का खेलमैदानमा नगरस्तरीय प्राथमिक तह तथा माध्यमिक तहको खेल भएको थियो।
खेलकुदमा माध्यामिक र प्राथमिक तहका गरी करिब ८ सय विद्यार्थी सहभागि भएका थिए। प्राथमिक तहमा ७ वटा विधा र माध्यमिक तहमा १७ वटा विधामा खेल गराइएको थियो । खेलमा प्राथमिक तह तर्फ जन जागृति आधारभुत विद्यालय ,बागमती ( १२ ,बथनिया) ले प्रथम स्थान हासिले गरेको छ।
यस्तै बागमती (४ जिरायत) द्वितीय र बाल कल्याण प्राथमिक विद्यालय ,बागमती ( १, दापडाँडा ) ले तृतिय स्थान हासिल गरेको छ। माध्यमिक तर्फ भने जन वाल कल्याण माध्यमिक विद्यालय ,बागमती ( २ ,धरहरा ) ले प्रथम स्थान हासिल गरेको छ। जनता नमुना माध्यमिक विद्यालय बागमती (५, राजघाट) द्वितीय र नव जन जागरण माध्यमिक विद्यालय ,बागमती ( ८, शंकरपुर ) तृतिय भएको छ।
अन्य नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेल माध्यामिक स्तरमा मात्र गर्ने भएपनि बागमति नगरपालिकाले भने खेलकुद सप्ताहकै रुपमा अभियान अघि बढाई प्राथमिक तहको विद्यार्थीलाई समेत खेलमा सहभागि गराउने गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मिनप्रसाद उपाध्याले जानकारी दिए । ‘राष्ट्रपति रनिङ सिल्डमा जे जे खेल हुन्छ, ति सवै खेल प्राथमिक तह तर्फ पनि खेलाउने गरिएको छ। यसको मुख्य उदेश्य भनेको माथिल्लो तहमा विद्यार्थी पुग्दा खेलकुदमा पनि उनीहरुकोको जग दरिलो बनोस भन्ने हो ’ उनले भने । बागमति नगरपालिका सामुदायिक विद्यालयको शिक्षा सुधारको अभ्यासमा देशभरमा उत्कृष्ट नगरपालिकामा परिसकेको छ।

















Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया