१३ करोडको घर छोडेर किन होटलमा बस्दैछन् नवाजुद्दिन ?

बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद चलिरहेको छ । यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् ।
आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ । यो मामलामा प्रहरीसम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् ।
नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ । गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन् ।
नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ । उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए । यसलाई उनी ‘सपनाको महल’ मान्छन् । नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए । उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए । नवाज अधिकांश समय घरमै बिताउँछन् ।
उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ । उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन् ।
नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो । ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन् । घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन् । जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन् । यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ । किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन् । उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया