मंगलबार, माघ २०, २०८२

सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छः अध्यक्ष पोद्दार

मेरोन्यूज २०७९ माघ २८ गते १८:०३

काठमाडौं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित कुमार पोद्दारले सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।


अध्यक्ष पोद्दारले काठमाडौंको भृकुटीमण्डपमा गत मंगलवारदेखि माघ २९ गतेसम्म चल्ने क्यान इनफोटेक बारेमा जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनले ४ सय कर्मचारी राखेर नेपालमा नै नयाँ नयाँ सफ्टवयेर निर्माण गर्ने उदेश्यले कम्पनीहरु अगाडि आएकाले सरकारले उद्योगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले क्यान सरकारसँग सफ्टवयेरका लागि विदेशी भन्दा मेक इन नेपाललाई प्रमुख प्राथमिकता दिन माग गर्दै आएको बताए ।

उनले सरकारसँग क्यानले सूचना प्रविधिको क्षेत्रमा गर्ने कामको विषयमा सधैँ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यको निरन्तरता चाहेको बताए ।

उनले सरकारले उद्योगको रुपमा सूचना प्रविधिको क्षेत्रलाई विकास गर्नसके नेपालबाट विदेशमा जाने विदेशी मुद्रा नेपालमा नै बस्ने मात्रै नभएर विदेशबाट नेपालमा विदेशी मुद्रा भित्र्याउन सकिने बताए ।

उनले आइतवारसम्म चल्ने क्यान इन्फोटेकमा आगामी दिनमा आवश्यक सूचना प्रविधिको ज्ञान लिन सकिने बताए । उनले क्यानले गर्ने हेरक वर्षको मेलामा नयाँनयाँ प्रविधिको जानकारी दिने गरी स्टलहरु राख्ने गरेको भन्दै यो वर्ष पनि त्यही अनुसार फरक स्टलहरु राखिएको बताए ।

उनले विश्व बजारमा भित्र्यिएका नयाँनयाँ प्रविधिका विषयमा जनाकारी र अवलोकन मेलामा गर्न सकिने बताए । अध्यक्ष पोद्दारले मेलमा सबै उमेर समूहको लागि आवश्यक टेक्नोलोजीको विषयमा जानकारी लिनसकिने बताए ।

उनले भने, ‘हामीले टेक्नोलोजी बेसमा मेला गरिरहेका छौं । प्रत्येक वर्ष मेलाको आयोजना गर्दा नयाँ टेक्नोलोजी परिर्वतन भइरहेको हुन्छ । यो सूचना प्रविधि मेला प्रत्येक वर्ष गर्ने भएकाले एक वर्षमा हार्डवयेर र सफ्टवयेर टेक्नोलोजीले के फड्को मा¥यो । यो सैब विषयलाई एउटै थलोमा राखेर नयाँ प्रविधिहरुलाई देखाएका छौं । मेलामा कुनैपनि पुराना टेक्नोलोजी लिएर आएका हुँदैनौं । मेलामा वस्तु र सेवा प्रदायकहरुको चासो राम्रो रहेको छ । नयाँ टेक्नोलोजी सानो बच्चादेखि वृद्धसम्मलाई आवश्यक परिरहेको छ ।’

पोद्दारले मेलामा सहभागिता भएका कम्पनीहरु व्यापार प्रवद्र्धन गर्न र व्यापार गर्नको लागि स्टल राखेको बताए । उनले मेलामा सबै ब्राण्डिङ टाइपले बसेको भन्दै अवलोकनकर्ताहरुले मेला अवलोकन गर्न आउँदा किन्न नपाउने भन्ने माग रहेकाले सामान बेच्नको लागि छुट्टै स्टलको व्यवस्था गरेको बताए ।

उनले सफ्टवयेर कम्पनी र आइटी कलेजहरुको पनि स्टल रहेको उनीहरु बेच्नको लागि नभएर भोलीको व्यापारको लागि बसेको पनि बताए ।

प्रतिक्रिया