ताजकिस्तान हिम पहिरोमा परी १९ जनाको मृत्यु
काठमाडौँ । मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिम पहिरोमा परी १९ जनाको मृत्यु भएको छ ।
गत फागुन ३ देखि ७ गतेसम्म दुई सय स्थानमा हिम पहिरो गएको जनाउँदै सरकारी अधिकारीले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् ।
हिम पहिरोका कारण आपत कालीन सेवासमेत बन्द भएका छन् । बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ ।
पूर्वसोभियत संघबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो । उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । ९५ लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।
तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया