भारतको छत्तीसगढमा दुई प्रहरीको हत्या
काठमाडौँ । मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् । राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ ।
आज बिहान बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीमाथि गोली चलाएका तथा घटनास्थलमा नै एक जनाको मृत्यु भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी अभिषेक मीनाले जानकारी दिएका छन् ।
आक्रमणमा घाइते भएका अर्का प्रहरी जवानको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको उनले बताए । प्रहरी जवानद्वय मोटरसाइकलमा बोर्तलाब प्रहरी शिविरतर्फ गइरहेका बेला आक्रमण भएको थियो ।
प्रहरी मारिएपछि घटनास्थल वरपर प्रहरी र अर्धसैनिक टोलीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको मध्य र पूर्वी भागमा सक्रिय नक्सलवादीले सुरक्षाकर्मीमाथि बेलाबेलामा घातक आक्रमण गर्दै आएका छन् ।
नक्सलवादीविरुद्ध केन्द्रीय सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरे पनि विद्रोहीका चपेटामा धेरै गरिब भारतीय परेका छन् । नक्सलवादी आक्रमणबाट हजारौँ विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका छन् ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया