आईसीसी विश्वकप लिग-२ : नेपाल र स्कटल्याण्डबीचको खेल जारी
नेपालले ४२ रनमा एक विकेट लिएको छ

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच सुर भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।
स्कटल्याण्डले ७ दशमलव छ ओभरमा ४२ रन बनाएर एक विके६ गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल खेलिरहेका छन्।
नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
















गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया