आईसीसी विश्वकप लिग–२ : स्कटल्याण्डको १९६ रनामा ९ विकेट गुम्यो
सन्दीप लामिछाने ४ विकेट, जर्ज मुन्सेको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच जारी छ ।
पहिला व्याटिङ गरेको स्कटल्याण्डले ३९ औं ओभरमा १९६ रन बनाएर ८ विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । करण केसीले २ र कुशल मल्ल तथा ललित राजवंशीले एक÷एक विकेट लिएका छन् ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धसतक बनाए । उनी ५० बलमा ६० रन बनाएर आउट भए । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल खेलिरहेका छन्।
नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया