सोमबार, चैत २३, २०८२

हेटौँडा पुगेर राष्ट्रपति भण्डारीले भनिन् : सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु

मेरोन्यूज २०७९ फागुन ९ गते १४:१६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् । यस क्रममा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उनले आह्वान गरिन् ।

Advertisement
nepal life insurencenepal life insurence

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सो आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गरिन् ।

उनले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरूलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नु पर्नेमा पनि जोड दिएकी थिइन् ।

उनले विभिन्न समय र मौसममा हुने संक्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नु पर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौँडा अस्पतालाई सो प्रतिष्ठानअन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरुलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताइन् ।

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गरिन् ।

उनले प्रदेशका अस्पतालहरुलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेङ्गु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको पनि जानकारी गराएकी थिइन् ।

उक्त अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको पुरानो जिल्ला अस्पताल हेटौँडालाई बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै हेटौँडा अस्पताललाई अब भदन भण्डारी प्रतिष्ठानअन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानले विभिन्न चरणमा आफ्नो प्रयास जारी राखेको बताइन् ।

उनले अब निकट भविष्यमा सो अस्पतालबाटै मिर्गौलाको प्रत्यारोपण र मुटु रोगको शल्यक्रिया गर्ने प्रकृतिको उपचार सेवाका लागि प्रयास हुनु पर्नेमा पनि जोड दिइन् ।

प्रतिक्रिया