आइसिसी विश्वकप लिग २
रोहित पौडेलको शानदार प्रदर्शनमा नेपाललाई उपाधि

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एक दिवसीय सिरिजको उपाधि नेपालले जितेको छ ।
त्रिवि किक्रेट मैदानमा भएको अन्तिम खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शानदार प्रदर्शन गर्दा नेपाल विजयी भएको हो । हार नजिक पुगेको नेपालका लागि कप्तान पौडेलले अविजित ९५ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै, आठौँ ओभरमा गएका करण केसीले अविजित ३१ रन बनाए । उनले ३७ बल खेल्दै उक्त रन बनाएका हुन् । नेपालको जितमा पौडेल र केसीले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ४३ ओभर खेल्दै उपाधि रक्षा गरेको हो ।
खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएपछि स्कटल्याण्ड २१२ रनमा समेटिएको थियो । तर, नेपाली ब्याट्सम्यानहरूूले रनका लागि धेरै संघर्ष गरेका थिए ।
कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाएको थियो । हार निश्चित भएको अवस्थामा रोहितले नेपाललाई जित उन्मुख बनाएका थिए ।
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया