शुक्रबार, वैशाख २५, २०८३

फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त

मेरोन्यूज २०७९ फागुन ९ गते २०:१६

काठमाडौँ । जापन सरकारले मंगलबार थोक मूल्यको मासिक मूल्यांकनलाई परिमार्जन गरेको छ । यद्यपि, यस मूल्यांकनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ ।

Advertisement
NiccNicc

योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ । क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ ।

प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र मध्यम रूपमा उठिरहेको सरकारले आफ्नो मासिक मूल्यांकनमा उल्लेख गरेको छ ।

प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्यांकनलाई भने यथावत् कायम राखेको छ । साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेष रूपमा उल्लेख गरेको छ ।

जारी विश्वव्यापी मौद्रिक कडाइ र अन्य कारकहरूका बीचमा विदेशी अर्थतन्त्रको सुस्तता जापानी अर्थतन्त्रको लागि नकारात्मक जोखिमको रूपमा लिइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया