बिहीबार, वैशाख २४, २०८३

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनलाई भने- युक्रेनलाई कहिल्यै जित्न सक्दैनाै

मेरोन्यूज २०७९ फागुन १० गते १३:५८

युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा प्रतिक्रिया दिएका छन् । बाइडेनले मङ्गलबार पोल्याण्डमा अमेरिका र नाटो युक्रेनको साथमा रहेको र रहने बताए ।

Advertisement
NiccNicc

उनले भने, ‘रुसी सेनाले अत्याचार गरेको छ । महिला बलात्कारलाई हतियारको रूपमा प्रयोग गरियो। पुटिनले याद राखे कि उनले युक्रेनलाई कहिल्यै जित्न सक्ने छैनन्’। युक्रेनको आकस्मिक भ्रमणपछि बाइडेन मंगलबार पोल्याण्ड पुगेका हुन् ।

यसअघि मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, ‘रुसले सुरुमा युद्ध रोक्न धेरै कूटनीतिक प्रयास गर्याे तर नाटो र अमेरिकाले त्यसलाई सफल हुन दिएन।, हामी अझै पनि वार्ता चाहन्छौं, तर त्यसका लागि सर्तहरू मान्य छैनन्’।

रुस-युक्रेन युद्धले फेब्रुअरी 24 मा एक वर्ष पूरा गर्दैछ।

एजेन्सी

प्रतिक्रिया