दोस्रो भक्तपुर कप–२०७९ को सेमिफाइनलका खेल विहीबार हुने

भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू बुधबार सम्पन्न भएका छन् । क्वाटर फाइनल खेलको बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।
त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।
दोस्रो भक्तपुर कप–२०७९ का दुवै सेमिफाइनलका खेलहरू विहीबार खेलाइनेछ । पहिलो खेल आयोजक भक्तपुर युवा टीमका विरूद्ध द हेलिङ होम एफसी विहान ९ः३० बजे र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच दिउँसो १ः०० बजे हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले दिए।
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया