सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । नाबालिकलाई बलात्कार गरेको आरोपसँगै लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।
आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरासी सापकोटाले बहस गरेका थिए । सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्ने छन् ।
यस्तै, आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया