इटालीमा डुङ्गा डुब्दा ४३ आप्रवासीको मृत्यु
काठमाडौँ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन् ।
ुअहिलेसम्म ८० जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केही डुबेपछि किनारामा पुग्न सफल भएका छन्,ु तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ुसमुद्री तटमा ४३ जनाको शव फेला परेको छ,ु विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्धारकर्मीहरूले एएफपीलाई बताएअनुसार डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार थिए भने समाचार तयार पार्दासम्म करिब ५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ ।
ुबालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन्,ु क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने । यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।
इटालियन सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा बिहानै डुङ्गा डुबेको थियो ।
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया