केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई
मेरोन्यूज
२०७९ फागुन १७ गते १९:५२

काठमाडौं । केपी ओली फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । एमाले अध्यक्ष केपी ओलीको नाममा सुरु गरिएको फुटवलको पहिलो सस्करणमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।
खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १-० को अग्रता दिलाएका थिए ।
मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि गोल गर्न सकेनन । त्यसपछि भने खेल टाइब्रेकरमा गएको थियो ।
केपी ओलीको जन्मदिनको दिनबाट सुरु भएको खेल आज सकिएको हो ।
विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया