आईसीसी विश्वकप लिग २ : नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृखंलाको तेस्रो खेल आज हुँदैछ । तेस्रो खेलमा नेपाल र पपुवा न्युगिनी भिड्दैछन् ।
खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा नेपालको ब्रेक लागेको थियो । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भयो ।
लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।
लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ ।
लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ । ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ ।
नेपालले युएई शृखंलाको अन्तिम खेल सोमबार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि लिग टुको अन्तिम शृखंला यही तीन टोलीबीच काठमाडौंमा मार्च ९ देखि १६ (फागुन २५ देखि चैत २ गते) सम्म हुनेछ ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया