हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट मोडल नेपाली बजारमा

काठमाडौं। हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक भएकाे छ। हुन्डाईका गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट मोडल यही हप्ता नेपाली बजारमा ल्याएको हो। हुन्डाईका ह्याचब्याक गाडी बिक्रेता कम्पनीले सन् २००७ देखि नेपाली बजारमा बिक्री गर्दै आएको छ।
पुरानो मोडललाई परिमार्जन गरेर फेसलिफ्टमा ल्याइएको हो। यो नयाँ नियोस फेसलिफ्टको बाहिरी डिजाइनमा केही परिवर्तन गरिएका छन्। साथै केही फीचरहरु पनि थप गरिएको कम्पनीले जनाएको छ। जसमा पुरानो नियोसमा भन्दा यसमा फ्रन्ट ग्रील परिवर्तन गरिएको छ। कम्पनीका अनुसार यसमा एरो सेप्ड एलईडी र फक्स एयर ड्याम्सले यसलाई स्पोर्टी लुक प्रदान गरेको छ। गाडीमा एलोय ह्वील र इन्टिग्रेटेड लाइट बार पनि नयाँ डिजाइन गरिएको छ।
नयाँ मोडलमा इन्टेरियरमा ३ वटा ब्ल्याक र रेड, ब्ल्याक र ग्रीन तथा ब्लाक र ग्रे कलर विकल्प पाउन सकिन्छ। सुरक्षाको फीचरहरुमा यसमा ६ वटा एयरब्यागहरु छन्। पहिलेको मोडलमा ६ वटा एयरब्याग थिएन। यसैगरी टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल-होल्ड कन्ट्रोल पनि यसमा उपलब्ध छ।
हिल-होल कन्ट्रोलले गाडी जाम वा उकालोमा हुँदा ह्यान्ड ब्रेकविना पनि गाडी सजिलैसँग अगाडि बढाउन सकिन्छ। यसले गाडी पछाडि जानबाट बचाउने काम गर्छ। गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल पनि छ। कम्पनीका अनुसार यसमा चालकलाई गाडी कन्ट्रोलमा राख्न मद्दत गर्ने काम गर्छ।
नयाँ ग्राण्ड आई-१० नियोसको फेसलिफ्ट मोडलको सुरुवाती मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया