मलेसियामा बाढीले तीन जनाको मृत्यु, ४० हजार विस्थापित

काठमाडौँ । मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्यांकले देखाएको छ ।
समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ ।
गत बुधबार जोहोरमा बाढीको पानीले बगाएको कारभित्र एक व्यक्ति मृत अवस्थामा फेला परको थियो । त्यसपछि जोहोरको सेगामत जिल्लाका प्रहरी अधिकारी अहमद जामरी मरिन्साहले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
अग्नि तथा उद्धार विभागका उपमहानिर्देशक एडविन गालान टेरुकीले प्रभावित क्षेत्रको भ्रमणपछि जोहोरमा बाढी नियन्त्रणका लागि हेलिकप्टर र थप उद्धार डुङ्गा पठाइएको जानकारी दिए ।
देशैभर बाढीको अवस्था बिग्रिएमा थप जनशक्ति र उपकरण परिचालन गर्न विभाग तयार रहेको तेरुकीले बताए । यसैबीच, मौसम विभागले सप्ताहन्तमा निरन्तर भारी वर्षा हुने चेतावनी दिएको छ र सर्वसाधारणलाई चेतावनीलाई सावधानीपूर्वक लिन आग्रह गरेको छ ।
















झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया